
एजेन्सी – म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेस क्लव इन्टर मिलान जाने भएका छन् । इंग्लिस टोलीबाट इटालियन क्लबमा उनी लोनमा जान लागेका हुन् । सान्चेसलाई ४.५ मिलियन पाउन्डमा जान इन्टरले सहमति गरेको हो । सान्चेसकोे बुधबार मेडिकल हुनेछ ।
समर ट्रान्सफर सकिनुअघिनै सान्चेस इन्टर पुग्नेछन् । ०१८ मा आर्सनलबाट युनाइटेडमा अनुबन्ध भएका चिलियन खेलाडी सान्चेसले वल्ड ट्राफोर्डमा १९ महिना रहँदा कमै मात्र अवसर पाए । अवसर पाउँदा पनि गतिलो प्रदर्शन गर्न सकेनन् । ४५ खेलमा उनले पाँच गोल मात्र गरेका छन् ।
इन्टरले यसै सिजन युनाइटेडबाट अर्का स्ट्राइकर रोमेलु लुकाकुलाई अनुबन्ध गरेको थियो । यससँगै सान्सेस र लुकाकु पुनः एकपटक सँगै अग्रपङ्तिमा रहने भएका छन् ।
प्रतिक्रिया