२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

खेलकुद

घरेलु मैदानमा युनाइटेड स्तब्ध


८ भाद्र २०७६, आइतबार ००:००

0
Shares


काठमाडौं, ८ भदौ । म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा स्तब्ध भएको छ । प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा क्रिस्टल प्यालेसले युनाइटेडलाई २-१ ले स्तब्ध बनायो ।
डिफेन्डर प्याट्रिक भान आनहोल्टले इन्ज्युरी समयमा गोल गरेपछि युनाइटेडजस्तो बलियो टोलीविरुद्ध क्रिस्टलले नतिजा आफ्नो पक्षमा पारेको हो । मिडफिल्डर ड्यानियल जेम्सले निर्धारित समयको एक मिनेट बाँकी रहँदा बराबरी गोल गरेपछि युनाइटेडले प्यालेसविरुद्ध हार टार्ने देखिएको थियो । तर काउन्टर अट्याकमा आनहोल्टले गोल गर्दै युनाइटेडलाई जितबाट बन्चित गरे ।

जोर्डन आयुले खेलको ३२ औं मिनेटमा पाहुना टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७० औं मिनेटमा युनाइटेडले पेनाल्टीमार्फत खेल बराबरी गर्ने अवसर पाएको थियो । तर, मार्कस रासफर्डको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।

जारी लिगमा युनाइटेडको यो पहिलो हार हो । पहिलो खेलमा चेल्सीलाई ४-० ले पराजित गरेको युनाइटेड दोस्रो खेलमा वल्भ्ससँग १-१ को बराबरीमा रोकिएको थियो । यस नतिजासँगै युनाइटेडको ३ खेलमा ४ अंक तथा प्यालेसको पनि ३ खेलमा ४ अंक नै भएको छ ।

प्रकाशित : ८ भाद्र २०७६, आइतबार ००:००