२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

खेलकुद

अफगानिस्तानलाई हराउँदै नेपाल पाँचौ


७ भाद्र २०७६, शनिबार ००:००

0
Shares


काठमाडौं, ७ भदौ । नेपालले पाँचौ स्थानमा रहँदै एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको अन्त्य गरको छ ।
लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा शुक्रबार भएको खेलमा अफगानिस्तानलाई २५–२३, २३–२५, २५–१८, २६–२४ ले हराउँदै नेपालले पाँचौं स्थान पक्का गरेको हो । तीन वर्षअघि पहिलो अन्तरास्ट्रि«य पदकका रुपमा सेन्ट्रल जोनमै कास्य पदक जितेको नेपालले यसपटक घरेलु कोर्टमा च्याम्पियनसिप आयोजना हुँदा त्यसको फाइदा भने उठाउन सकेन ।
च्याम्प्यिनसिपअघि यी टोलीबीच भएको दुई वटा मैत्रीपूर्ण खेलमा नेपाल समान ३–२ को जित हासिल गरेको थियो ।

समूह चरणमा भने नेपालले दुवै खेल गुमाएको थियो । पहिलो खेलमा कीर्गिस्तानसँग पराजित भएको नेपालले माल्दिभ्ससँगको खेल पनि समान ३–० ले गुमाएको थियो । कीर्तिस्तान शनिबार उज्वेकिस्तानसँग फाइनल खेल्दैछ भने माल्दिभ्सले तुर्कमेनिस्तानसँग तेस्रो स्थानका लागि खेल्नेछ ।

प्रकाशित : ७ भाद्र २०७६, शनिबार ००:००