२९ आश्विन २०८१, मंगलबार । October 16, 2024

खेलकुद

पाँचौ स्थानका लागि नेपाल अफगानिस्तानसँग भिड्दै


६ भाद्र २०७६, शुक्रबार ००:००

0
Shares


काठमाडौं, ६ भदौ । एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत आयोजक नेपालले आज पाँचौ स्थानका लागि अफगानिस्तानसँग खेल्दैछ ।
नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो ३ बजेपछि लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुनेछ । घरेलु कोर्टमा नेपाल जारी च्याम्पियनसिपमा पहिलो जितको खोजीमा कोर्टमा उत्रनेछ । नेपाल समूह चरणमा किर्गिस्तान र माल्दिभ्ससाग ३–० को सोझो सेटमा पराजित भएको थियो । त्यसैले, नेपाललाई आफ्ना समर्थकमाझ निश्चत जित आवश्यक छ ।
पाँचौ स्थानको लागि हुने खेलमा पनि सोझो सेटमा पराजित भए, सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको यो सबैभन्दा खराव प्रदर्शन हुनेछ ।

प्रकाशित : ६ भाद्र २०७६, शुक्रबार ००:००