काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले तास फिटेझैं कुरा मात्र फिट्न सिपालु रहेको आरोप लगाएका छन्। एमालेको भ्रातृ संगठन युवा संघ नेपालले बिहीबार काठमाडौंमा गरेको विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले देश संक्रमणकालीन अवस्थामा फसिरहँदा पनि वर्तमान सरकारले विवाद बढाउन लागेको टिप्पणी गरे। 'संविधान कार्यान्वयनका लागि चुनाव पहिलो प्राथमिकता हो,' उनले भने,…