धनगढी, १६ माघ । धनगढी उपमहानगरपालिका–१८ फूलबारी क्षेत्रबाट प्रहरीले आज ठूलो परिमाणमा चरेस बरामद गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान समूहले पच्चीस घर भन्ने ठाउँका देवबहादुर सिंहको घरबाट पाँचवटा बोरामा लुकाई छिपाई राखेको ९५ किलो चरेस बरामद गरेको हो । प्रहरीको लागू औषध ओसारपोसार तथा बिक्री वितरण नियन्त्रण अप्रेसन अन्तर्गत गोप्य सूचनाको आधारमा…