रसुवा, २३ फागुन । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन सुरु हुने भएको छ । समुद्री सतहदेखि दुई हजार तीन सय ५० मिटर उचाइको चिलिमे गाविसअन्तर्गत तिलोचेबगरमा बाँध बाधी सोही गाविस–४ सिम्बु गाउँमा निर्माणकार्य भइरहेको १४.८ मेगावाट क्षमताको विद्युत् गृहमा पानी ल्याउने एक हजार तीन ८७ मिटर लम्बाइको हेड्रेस सुरुङको…