काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताउका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताएका छन् ।…