काठमाडौँ, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेसको निकै ठूलो भूमिका रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भारत, बङ्गलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले प्रेस लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको र प्रेसको सकारात्मक भूमिका भएकै कारण शान्ति र संविधान लेखन प्रक्रिया टुङ्गोमा पु¥याउन सफल…