राष्ट्रपति विद्यदेवी भण्डारी केहीबेर अघि आइसल्याण्ड प्रस्थान गरेकी छन् । उनी ६ दिने भ्रमणको सिलसिलामा १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा गएकी हुन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीको विदाईमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष…