२ चैत्र २०८१, आइतबार । March 16, 2025

झापाको एभरेष्ट चिया बगानमा एक युवक र एक युवती मृत भेटिए

झापा । झापाको एभरेष्ट चिया बगानमा एक युवक र एक युवती मृत भेटिएका छन्। कचनकवल गाउँपालिका ४ केचनामा रहेको चिया बगानमा दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।