१६ फाल्गुन २०८१, शुक्रबार । February 28, 2025

मुख्य खबर

लागुऔषधसहित दुई पक्राउ



भक्तपुर, ३ साउन । लागुऔषधसहित प्रहरीले मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट आज दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप गोठपाने घरभई हाल ललितपुर टीकाथली बस्ने २२ वर्षीय सुमन कार्की र रामेछाप मन्थली घरभई पुरानो बानेश्वर बस्ने २० वर्षीय प्रवीण लामा रहेका छन् ।

बा ४० प ७५५८ नं को स्कुटरमा राखेर लागुऔषध लैजाँदै गरेको अवस्थामा प्रहरीले चेक गरी उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले बताउनुभयो ।

उनीहरुको साथबाट एम्पुल, लुपिजेसिक, फेनारगन, डाइजाल्याब, एभिल ८३ थान, एपाकडोल २५० थान, अल्कोहल स्वाब ५३ थान, सिरिञ्ज छ वटा र मोवाइल दुई थान बरामद गरेको प्रहरी नायब उपरीक्षक ओलीयाले जानकारी दिनुभयो ।

उनीहरुलाई कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित : ३ श्रावण २०७४, मंगलबार ००:००