१६ फाल्गुन २०८१, शुक्रबार । February 28, 2025

मुख्य खबर

योजना सार्वजनिकीकरण समारोह बहिष्कार



पोखरा, ३ साउन । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले माछापुच्छ«े गाउँपालिकाको योजना सार्वजनिकीकरण समारोह बरिष्कार गरेका छन् ।

योजना सावजनिक गर्न आज आयोजित घोषणा समारोहमा योजना तर्जुमाका क्रममा दलहरूलाई बेवास्ता गरिएको, नीति तथा कार्यक्रम पारित नगरी गाउँसभाबाट बजेट घोषणा गरिएको भन्दै उनीहरुले सार्वजनिकीकरण कार्यक्रम बहिष्कार गरेका हुन् ।

गाउँपालिकाले नीति तथा कार्यक्रम र योजना तर्जुमा गर्दा दलहरूलाई बेवास्ता गरेका कारण सार्वजनिकीकरण कार्यक्रम बरिहष्कार गरिएको काँग्रेस कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्रीले बताउनुभयो ।

प्रक्रियागत रुपमा उल्टो तवरले गत असार २८ गते बजेट विनियोजन गरी गाउँपालिकाबाट पारित गरेपछि ३१ गते मात्र नीति तथा कार्यक्रम ल्याइएको बताउँदै क्षेत्रीले योजना तर्जुमा, छनोट र नीति तथा कार्यक्रम तय गर्दा पनि दलहरूको भूमिकालाई अवमूल्यन गरिएका कारण आफूहरूले सार्वजनिकीकरण समारोह बरिहष्कार गरेको बताउनुभयो ।

सो गाउँपालिकाका माओवादी केन्द्रका अध्यक्ष नवराज भण्डारीले प्रक्रिया मिच्नुका साथै राजनीतिक दलसँग कुनै सरसल्लाह नै नगरी नीति तथा कार्यक्रम र बजेट तय गरेका कारण आजको सार्वजनिकीकरण कार्यक्रम बहिष्कार गरिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष कर्ण गुरुङले सबै दलका प्रतिनिधिको छलफलका आधारमा वडास्तरमा योजना तर्जुमा गरिएको बताउँदै उक्त छलफलबाट आएका विषयलाई गाउँकार्यपालिकाबाट अनुमोदन गरी गाउँसभाबाट पारित गरिएको उल्लेख गर्नुभयो ।

प्रकाशित : ३ श्रावण २०७४, मंगलबार ००:००