१७ फाल्गुन २०८१, शनिबार । March 1, 2025

मुख्य खबर

कीर्ते नागरिकताका आरोपी जेल चलान



दमक, २६ असार । नागरिकता कीर्ते मुद्दाका दमक–२ का फरार एक आरोपी कारागार चलान भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक–२ बस्ने ३९ वर्षीय नरबहादुर खड्कालाई आइतबार कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको हो । जिल्ला अदालत झापाले २०७२ जेठ ३ गते खड्कालाई नागरिकता कीर्ते मुद्दामा एक वर्ष छ महिना कैद सजाय सुनाएको थियो ।

प्रहरीले खड्कालाई लुकिछिपी गरेको अवस्थामा घरबाटै पक्राउ गरी आइतबार नै अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । अदालतको आदेशले खड्कालाई कैद भुक्तानका लागि कारागार चलान गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित : २६ असार २०७४, सोमबार ००:००