१९ फाल्गुन २०८१, सोमबार । March 3, 2025

मुख्य खबर

नगरको पहिलो निर्णय खानेपानी र विद्युत्मा जोड



बाजुरा, २२ असार । हालै निर्वाचित बूढीनन्दा नगरपालिकाको पहिलो बैठकले नगरक्षेत्रमा खानेपानी विस्तार विद्युत् सेवा पु¥याउने निर्णय गरेको छ ।

निर्वाचन पछि पदबहाली भएलगत्तै पदाधिकारीको बैठकले कोल्टी बजारमा खानेपानीको समस्या र विद्युत् आपूर्ति नहुँदा स्थानीय बासिन्दाले सास्ती भोग्दै आएकाले ती विषयलाई पहिलो प्राथमिकतामा राखेको नगरप्रमुख पदमकुमार गिरीले जानकारी दिनुभएको छ ।

बैठकले सडक शिक्षा, स्वास्थ्य र प्रत्येक वडामा वडाकार्यालय स्थापनाका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्राकृतिक रुपमा सम्पन्न बूढीनन्दा नगरपालिकामा रहेको पर्यटकीय स्थलको श्रव्यदृश्य बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन पहल गरिने उपप्रमुख सृष्टि रेग्मीले बताउनुभयो ।

नगरपालिकाका प्रत्येक वडामा सडक सञ्जाल विस्तार गरिने, वडावासीलाई व्यावसायिक बनाउने जस्ता कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ ।

प्रकाशित : २२ असार २०७४, बिहिबार ००:००