२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

Breaking

सर्वाधिक रासीको पाँचथर गोल्ड कप शनिबारदेखि


२० फाल्गुन २०८१, मंगलबार ००:००

0
Shares

पाँचथर । पुर्वी पहाडको सर्बाधिक रासीको अन्तराष्ट्रिय आमन्त्रण पाचौं वाइ वाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आउदो शनिबार देखि हुने भएको छ ।

सो फुटबल प्रतियोगिता आयोजक संस्था पाँचथर क्लबले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पुर्वी पहाडी जिल्लाहरु इलाम,पाँचथर, ताप्लेजुङ,तेह्रथुम धनकुट्टा, भोजपुर संखुवासभा जिल्लामा हुने प्रतियोगिताहरु मध्ये पुरस्कारको हिसाबले यो प्रतियोगितामा बिजेता हुने टिमले नगद ११ लाख १ हजार १ सय ११ रुपैंया र उपबिजेताले ५ लाख ५५ हजार ५ सय ५५ पुरस्कार पाउने क्लबले जनाएको छ ।

सो प्रतियोगितामा ए डिभिजनको मचिन्द्र फुटबल क्लब काठमाडौं,चर्च ब्वाईज युनाइटेड क्लब काठमाडौं,नेपाल प्रहरीको नेपाल पुलिस क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब काठमाडौं,नमोबुद्ध युवा क्लब सप्तरी, पथरी ११ फुटबल क्लब मोरङ,हिल्स फुटबल क्लब दार्जिलिङ भारत र आयोजक पाँचथर क्लब गरी ८ वटा टिमको सहभागिता हुने पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले बताउनु भयो ।

पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी खेलाडीलाई ब्यक्तिगत बिधा तर्फ समेत पुरस्कृत गरिने क्लबले जनाएको छ । ब्यक्तिगत बिधातर्फ प्रत्येक दिन म्यानअफ द म्याच बन्ने खेलाडीलाई ७ हजार ५ सय उत्कृष्ट गोल्ड किपर,उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही १० हजार उत्कृष्ट कोच, हाईस्कोरले जनही १० हजार प्रतियोगिता भरकै उत्कृष्ट खेलाडी र राइजिङ प्लेयर खेलाडीलाई नगद १५ हजार फरक शैलीमा हुटिङ गर्ने खेलाडीलाई दिइने म्यान अफ द प्‌mयानलाई प्रत्येक दिन २ हजार ५ सय पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

फिदिम माविको खेल मैदानमा हुने सो प्रतियोगितामा ७० लाख खर्च हुने र यसपटकको प्रतियोगितामा खेलाडी अफिसियल रेफ्रि र दर्शक गरी २ सय जनाको सामुहिक बिमाको समेत ब्यबस्था गरिएको क्लबले अध्यक्ष तुम्रोकले बताउनु भयो । प्रतियोगितामा ए डिभिजनको चर्च ब्वाइज युनाईटेड क्लब,मचिन्द्र क्लब बिभागिय नेपाल पुलिस क्लब,हिमालयन शेर्पा क्लबको प्रदर्शन बलियो रहने अनुमान गर्न सकिन्छ त्यस मध्ये पनि ए डिभिजन लिग बिजेता मचिन्द्र फुटबल क्लब,झापा गोल्ड कप तथा गत पुसमा सम्पन्न फाल्गुनन्द गोल्ड कप प्रतियोगिता बिजेता चर्च ब्वाइज युनाइटेड क्लब र बिभागिय टोली नेपाल पुलिस क्लबको यो प्रतियोगिताका दाबेदार टिम हुन सक्ने भए पनि अन्य टिमको प्रदर्शन पनि उत्कृष्ट हुने हुनाले यसै टिमले प्रतियोगिको उपाधी लिन्छ भन्ने अबस्था भने देखिन्दैन ।

प्रकाशित : २० फाल्गुन २०८१, मंगलबार ००:००