काठमाडौं । एमालेकोतर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीसँग निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।
शुक्रबार वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगले सोधेको स्पष्टीकरणमा किन विद्यार्थीसँग भोट मागिएको हो यसरी भोट माग्न कुन ऐनले सुविधा दिन्छ भन्ने प्रश्न गरिएको छ ।
उनलाई आफैँ वा आफ्नो प्रतिनिधिमार्फत २४ घण्टाभित्र आयोगको कार्यालय वा आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया