काठमाडौं । नेकपाको नाम बिवाद चर्किरहेको छ । दुवै पक्षले आफ्नो दावि गरिरहदा नेताहरुको सामान्य भेटघाट पनि विषेश चर्चामा रहन्छ । त्यसमाथि महेश बस्नेतको राजनैतिक भेटघाट विषेश महत्वका साथ हेरिएको जानकारहरु बताउछन् ।
यसैविच नेकपाको केपी ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट भएको बताइएको छ ।
नेकपाको आधिकारिकता विवादमा आयुक्तहरु छलफलमा जुटेका बेला बुधबार नेता बस्नेत आयोग कार्यलय पुगेका हुन् । प्रमुख आयुक्त थपलियालाई भेटेको बस्नेतले बताएका छन् ।
राजनैतिक विश्लेसकहरुले भने यो भेट विशेष रहेको जनाएका छन् ।
प्रतिक्रिया