काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान राजनीतिक सङ्कटको निकास दिने मुख्य जिम्मा रहेको बताएका छन्।
प्रधानमन्त्रीको कुर्सीमा बसेर म कसैलाई टेर्दिनँ, जानेको र सकेको गर भन्दै दम्भ र हठ प्रदर्शन नमिल्ने डा. भट्टराइको भनाइ छ।
सामाजिक सञ्जाल ट्वीटरमा आइतबार राति ट्वीट गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै हलो अड्काएर गोरू चुट्नु कुनै पौरख नभएको पनि बताए।
आइतबार झापामा पुगेरे राजिनामा नदिने र प्रक्रियागत रूपमा हटाएर देखाउन प्रधानमन्त्री ओलीले चुनौति दिएपछि डा. भट्टराईको यो अभिव्यक्ति सार्वजनिक भएको हो।
डा. भट्टराईले सर्वोच्च अदालतले सङ्कटमोचनको अवसर दिएको उल्लेख पनि गरेका छन्।
“अदालतको फैसलाले सबैलाई गम्भीर बनेर सङ्कटमोचन गर्ने अवसर दिएको छ”, डा. भट्टराईले बताए।
बिगार्न जसले पनि सक्ने र सपार्ने मात्रै नेता भएको उनको धारणा छ।
प्रतिक्रिया