काठमाडौँ । औद्योगिक र व्यापारिक ‘हब’ बन्दै गएको सुनसरीको दुहबी नगरपालिका – ४ मा डेढ करोड लागतमा फोहोर मैला प्रशोधन प्लान्ट बन्ने भएको छ ।
फोहोर मैलालाई स्रोतमा न्यूनीकरण, पुनः प्रशोधन, प्रयोग, विसर्जन गरी नगरपालिका क्षेत्रभित्र फोहर मैलाको उचित र प्रभावकारी व्यवस्थापन गर्न तथा जनस्वास्थ्य एवं वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गरी स्वच्छ र स्वस्थ वातावरण कायम गर्न दुहबी नगरपालिका क्षेत्रमा सो प्रशोधन प्लान्ट बन्ने नगरप्रमुख वेद गच्छदारले बताएका छन् ।
दुहबी नगरपालिका प्रमुख वेद गच्छदार र नेपाल सरकार बन तथा वातावरण विभाग बबरमहल काठमाडौँका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले दुई पक्षीय सम्झौता पत्रमा साझा हस्ताक्षर गरेको दुहबी नगरपालिका प्रमुख गच्छदारले स्पस्ट पारेका छन् ।
प्रतिक्रिया