काठमाडौं। पूर्व पर्यटनमन्त्री कुबेर शर्माको निधन भएको छ।
८४ वर्षको उमेरमा शुक्रबार शर्माको निधन भएको हो।
सप्तरीबाट नेपाली कांग्रेसको उम्मेदवार बनेर उनले २०४८ सालमा भएको निर्वाचन जितेका थिए।
त्यसपछि उनी पर्यटनमन्त्री भए।
उनी कांग्रेसमा कृष्णप्रसाद भट्टराई निकट थिए। तर, पछिल्लो समय भने उनी हरियाली पार्टीमा थिए।
उनी प्रख्यात चार्टर्ड एकाउन्टेन्टको रूपमा पनि चिनिन्थे।
प्रतिक्रिया