१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Uncategorized

देउवालाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्न सकिन्छ : प्रचण्ड


१४ फाल्गुन २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा भावी प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन्।

उनले प्रतिनिधिसभा विघटन गर्न सडकमा गएका दलहरूबाटै प्रधानमन्त्री हुने भन्दै त्यसका लागि देउवालाई प्रधानमन्त्रीको रूपमा अगाडि बढाउन सकिने बताए।

उनले आफू भने कुनै पनि हालतमा प्रधानमन्त्री नहुने दोहोर्याउने छन्।

“पहिलो कुरा प्रधानमन्त्रीमा मेरो दावी छैन, म प्रधानमन्त्रीको दावी गर्दिनँ, मेरो दावी प्रधानमन्त्रीमा हुनुपर्छ भन्ने छैन”, उनले प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने, “हिजो १२ बुँदे सम्झौताको सहयात्रीहरूको सरकार बन्नुपर्यो र केपीबाहेक शेरबहादुर देउवाजीलगायत जो कोहीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न सकिन्छ।”

उनले भावी सरकार गठनका लागि कांग्रेससँगै जनता समाजवादी पार्टी (जसपा) सँग कुरा भइरहेको बताए।

अब, २/४ दिनमै भावी प्रधानमन्त्रीको उम्मेद्वारबारे सहमतिमा पुगिने उल्लेख गरे।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेको र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले फुटाएर गएको बताए।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ००:००