काठमाडौँ । पछिल्लो समय कुनै पनि सेयर बजारमा आइपिओ भर्नेको संख्या बढिरहेको छ । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर आईपीओ ३७ हजार ५ सय लगानीकर्ताले हात पारेका छन् ।
शुक्रबार बिहान भएको बाँडफाँटमा गोलाप्रथाबाट ३७ हजार ५ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको हो ।
कम्पनीको शेयर १५३ जना कर्मचारीका लागि ५ हजार कित्ता सेयर बाँडफाँड भएको छ ।
आईपीओ बाँडफाँट भएपनि नतिजा हेर्न भने समस्या भएको छ । यसअघि आईपीओको नतिजा विभिन्न संचारमाध्यमबाट सार्वजनिक हुने गरेको थियो ।
उच्च ट्राफिकका कारण यी तीन वटै साइट चल्न सकेका छैनन् । क्षमता सुधार नगरी सञ्चारमाध्यममा नतिजा सार्वजनिक गर्न रोक लगाएको भन्दै लगानीकर्ता आक्रोशित बनेका छन् ।
प्रतिक्रिया