२३ माघ २०८१, बुधबार । February 5, 2025

समाचार

विप्लवको मुस्ताङ इञ्चार्ज फिल्टर पक्राउ


१४ फाल्गुन २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मुस्ताङ इञ्चार्ज पदम पुन ‘फिल्टर’ म्याग्दीबाट पक्राउ परेका छन्।

म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले हिजो साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए।

पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ।

चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेको समयमा पुन पक्राउ परेका हुन्।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ००:००