काठमाडौं। बितेको २४ घण्टामा कोभिड – १९ को कारण विश्वभर १० हजार बढी मानिसको मृत्यु भएको छ।
सर्वाधिक अमेरिकामा मृत्यु भएको छ। त्यहाँ दुई हजार ३ सय ३६ जनाको मृत्यु भएको छ। अमेरिकाको पनि मेक्सिकोमा बढीको मृत्यु भएको छ।
बितेको २४ घण्टामा एक हजार ६ जनाको मृत्यु भएको छ। अमेरिकामा ७५ हजार ४ सय ९४ जना संक्रमित थपिएका छन् ।
अमेरिकापछि ब्राजीलमा एक हजार ५ सय ८२ जनाको मृत्यु भएको छ भने ६७ हजार ८ सय ७८ जना संक्रमित थपिएका छन् ।
रूसमा ४ सय ४६, बेलायतमा ३ सय २३, फ्रान्समा २ सय ६१, स्पेनमा ३ सय ४५, इटालीमा ३ सय आठ, जर्मनीमा ३ सय ९३, पोल्यान्डमा २ सय ८६ जना, इन्डोनेसियामा २ सय ६४ र पेरुमा २ सय २० जनाको मृत्यु भएको छ।
यसरी बितेको २४ घण्टामा कोभिड – १९ को कारण १० हजार ४ सय ६२ जनाको मृत्यु भएको छ।
४ लाख ४० हजार ८ सय ८९ जना नयाँ संक्रमित थपिएका छन्।
प्रतिक्रिया