काठमाडौं। नेपाली कांग्रेसले नेकपा विवाद टुङ्गिएपछि मात्रै सहकार्य गर्ने निर्णय गरेको छ।त्यसअघि भने सहकार्य नगर्ने स्पष्ट पारेको छ।
पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो।
प्रतिनिधिसभा पुनस्र्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको र अब नेकपाको दुवै पक्षसँग सरकार गठनमा सहकार्य नगर्ने बैठकले निर्णय गरेको हो।
सर्वोच्चले मंगलबार सरकारले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेको थियो।
विघटनको निर्णयसँगै प्रतिनिधिसभा पुनस्र्थापना भएको छ। अब, सरकार गठनको प्रक्रिया सुरु नेकपाको दुवै समूहले गरेका छन्।
दुवै समूहले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) लाई सत्ता साझेदारीका लागि अनुरोध गरेका छन्।
कांग्रेसले भने तत्कालका लागि सत्ता साझेदारीलाई अस्वीकार गर्ने देखिएको छ।
प्रतिक्रिया