काठमाडौं। माटोको डिजिटल नक्सा सार्वजनिकपछि प्रधानमन्त्रीले भने – नेपाल नयाँ युगमा प्रवेश गर्यो
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन्।
अब माटो बोकेर परीक्षण गराउन जानुपर्ने स्थितिको अन्त्य भएको बताए। उनले डिजिटल नक्साको माध्यमबाट माटोको स्वास्थ्यस्थितिबारे जानकारी सकिने अवस्था आएको उल्लेख गरे।
“घरमै बसी मोबाइलबाटै हेरेर वा माटोको प्राविधिक र विज्ञमध्ये कसैलाई फोन गरेर पनि जानकारी लिन सकिन्छ”, उनले भने।
दक्षिण एसियामै माटोको डिजिटल नक्सा भएको मुलुक नेपाल पहिलो भएको उनको दावी छ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले माटोको डिजिटल नक्सालाई कृषि क्षेत्रको ठूलो क्रान्तिको रूपमा लिन सकिने बताइन्।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2021/02/Digital-map-of-Soil-Photo-768x446.jpg?resize=720%2C418&ssl=1)
उनले अब, माटोमा रहेको अम्लियपन, नाइट्रोजनलगायत तत्वहरूको अवस्था डिजिटल नक्साबाट थाहा पाइने र माटोको उर्भराशक्ति बढाउन आवश्यक जानकारी लिन सकिने बताएकी छिन्।
उक्त नक्सा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज सार्वजनिक गरेको हो।
प्रतिक्रिया