१९ माघ २०८१, शनिबार । February 2, 2025

समाचार

केही पहाडी भूभागमा आंशिक बदलीको सम्भावना


१० फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं। देशको केही पहाडी भूभागमा आज आंशिक बदली हुने सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आज आंशिक बदलीको सम्भावना रहेको हो।

बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भोलि दिउँसो देशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक –दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ।

र, बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार ००:००