काठमाडौं। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर – २ बाट एक जना युवकलाई प्रहरीले लागूऔषध नाइट्रोभेटसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २४ वर्षीय मुक्तान शर्मा जैसी रहेका छन्। उनको साथबाट प्रहरीले लागूऔषध २ सय ५० ट्याब्लेट नाइट्रोभेट बरामद गरेको छ।
आज बिहान वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गर्ने जनाएको छ।
प्रतिक्रिया