१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Uncategorized

सुवासचन्द्र नेम्वाङ : निर्वाचन हुन्छ भन्ने कुरामा सबै ढुक्क छौँ


८ फाल्गुन २०७७, शनिबार ००:००

0
Shares

काठमाडौं। नेकपाको ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अदालतले सत्यको पक्षमा फैसला गर्नेमा ढुक्क रहेको बताएका छन्।

साथै, सर्वोेच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने समेत स्पस्ट पारे।

विराटनगरमा आज भएको जनसभालाई सम्बोधन गर्दै नेम्बाङले यस्तो कुरा बताएका हुन्।
सर्वोेच्चको विचाराधीन मुद्दामा आफू केही नबोल्ने बताएका नेता नेम्बाङले संसद् पुनस्र्थापना नहुनेतर्फ संकेत गरे।

नेम्बाङले निर्वाचन हुने कुरा कसैले टार्न नसक्नेसमेत स्पस्ट पारेका छन्।

झण्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसद् भंग गरेको भन्दै उनले देशव्यापी रूपमा जनताले निर्वाचनलाई अनुमोदन गरिसकेको दावीसमेत गरेका छन्।

प्रकाशित : ८ फाल्गुन २०७७, शनिबार ००:००