काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सूर्य चिन्ह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको (नेकपा) को भएको दावी गरेका छन्।
उनले ओली नेतृत्वको नेकपा बाहेकले दावी गर्न नमिल्ने पनि बताए।
हालसम्म एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनी नेतृत्वको नेकपाले सूर्य चिन्ह दावी गर्न नसुहाउने उल्लेख गरेका छन्।
“प्रचण्डले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन, जुन चिन्ह आफूले प्रयोग गरेको छैन, त्यही कसरी दावी गर्न मिल्छ”, मन्त्री रायमाझीले भने।
उनले प्रचण्ड –माधव समूहले हँसिया हथौडा भने दावी गर्न सक्ने बताए।
सूर्य चिन्हबाट चुनाव लड्ने हो भने प्रधानमन्त्री केपी ओलीले टिकट दिनुपर्ने अवस्था हुने उल्लेख गरे।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले समृद्धिको यात्रा रोक्न चाहनेहरूले प्रधानमन्त्री ओलीलाई हटाउने षड्यन्त्र बुने पनि पूरा नभएको बताए।
उनले ताजा जनादेशका लागि निर्वाचनमा जुट्न जिल्लावासीलाई आह्वानसमेत गरे।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2021/02/basanta-g-512x768.jpg?resize=579%2C869&ssl=1)
विगतको तुलनामा वर्तमान सरकारले भौतिक पूर्वाधार विकासलाई तीब्रता दिएको उल्लेख गर्दैै हाल सरकार ठूलाठूला पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन्।
गृहजिल्लासमेत रहेको पाँचथरको समग्र विकासबारेमा पनि उनले चर्चा गरेका थिए।
जनसभालाई पार्टीका अर्का केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्बाङले पनि सम्बोधन गर्दै अब मुलुकलाई समृद्ध गर्ने पार्टी नै ओली नेतृत्वको नेकपा हुने ठोकुवा दिए।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2021/02/phidim-ucpn-768x432.jpg?resize=720%2C405&ssl=1)
प्रतिक्रिया