१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Breaking

भागरथीको अन्त्येष्टी आज महाकाली नदीमा


७ फाल्गुन २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं। १७ दिनपछि भागरथी भट्टको आज महाकाली नदीमा अन्त्येष्टी गरिने भएको छ।

उनको शव बिहान १० बजे परिवारले बुझ्ने भएका छन्। शव जिल्ला अस्पतालमा रहेको छ।

भागरथीको बलात्कारपछि भएको हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १६ वर्षीय दिनेश भट्टले उनकै बुबा, सरकारी वकिल र अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको समक्ष घटना

आफैंले गरेको बयान बिहीबार दिएपछि शव बुझ्न राजी भएको हो।

गत माघ २१ गते विद्यालयदेखि घर फर्किँदै गर्दा भागरथीको स्थानीय लबलेक जंगलमा बलात्कारपछि हत्या भएको थियो।

तर, शव भने घटना भएको भोलिपल्ट मात्रै फेला परेको थियो। घटना भएको १३ दिनपछि मात्रै भागरथीको हत्यामा संलग्न आरोपमा दिनेश पक्राउ परेका हुन्।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार ००:००