काठमाडौँ ६ फागुन । गतवर्ष असारदेखि निरन्तर बढेर नयाँ नयाँ कीर्तिमान बनाएको सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सयले घटेर आठ महिनायताकै सस्तो भएको सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ ।
बिहीबार छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आज ८९ हजार २०० रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको भाउ आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया