काठमाडौँ ५ फागुन । आइफोन पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी को टोलीले पर्वत घर भई काठमाडौंको टोखा ११ बस्ने ४५ वर्षीय हरिप्रसाद बस्याललाई पक्राउ गरेको जनाएको छ ।
उनलाई मंगलबार गोंगबु बसपार्कको कालीगण्डकी गेष्ट हाउस नजिकैबाट पक्राउ गरेको हो ब्युरोका अनुसार उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूसँग सम्पर्क गर्ने गर्थे। त्यसपछि ह्वाट्स एप नम्बर उपलब्ध गराई आइफोन पठाइदिने भन्दै प्रलोभनमा पार्ने गर्थे।
पीडितले विभिन्न व्यक्तिको खातामा १० लाख ७० हजार जम्मा गराएका थिए। त्यसमध्ये ५ लाख २० हजार भने गोंगबु बसपार्कमा पीडितले हरिप्रसादलाई भेटेर दिएका थिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया