काठमाडौं ४ फागुन । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ३६० जनाको नमुना परीक्षण गर्दा ४० जना महिला र ६५ जना पुरुष गरी कुल १०५ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर १ हजार ५८७ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ९७६ जना होम आइसोलेसनमा, ६३ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया