१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा : बहस गर्दै एमीकस क्युरी


४ फाल्गुन २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बहसको क्रममा रहेको मुद्दामा आज एमिकस क्युरीहरूले बहस गर्दैछन्।

एमिकस क्युरी अदालतका सहयोगी हुन्। उनीहरूले मुद्दामाथि स्वतन्त्र ढंगले बहस गर्नेछन्।
एमिकस क्युरीहरू ५ जना छन्। उनीहरू सबै जना वरिष्ठ अधिवक्ता हुन्।

संवैधानिक प्रश्न उठेको मुद्दामा सर्वोच्च अदालतले फैसला गर्न सहयोग पुगोस् भनेर सहयोगीको रूपमा उनीहरूलाई लिएको हो।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भने गत माघ ४ गतेदेखि निरन्तर सुनुवाइ हुँदै आएको छ।
हालसम्म रिट निवेदक (पक्ष) र सरकार (विपक्ष) तर्फबाट बहस सकिएको छ।

उक्त मुद्दा सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

सरकारले गत पुस ५ गते ताजा जनादेशका लागि भन्दै प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध १४ वटा रिट सर्वोच्च अदालतमा परेको थियो।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार ००:००