२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मुख्य खबर

विज्ञहरुले कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाव



काठमाडौँ ४ माघ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाव दिएका छन् । सरकारको लक्ष्य अनुसार मानिसहरुले खोप नलगाइरहेको अवस्थामा खोप विज्ञहरुले ढुक्क भएर खोप लगाउन सुझाव दिएका हुन् ।

खोप अभियान सुरु भएयता खोप विरुद्ध भ्रामक सन्देश फैलिइएकाले विज्ञहरुले भारतको सेरम इनिस्च्युटले उत्पादन गरेको खोपका विषयमा स्पष्ट पारेका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार बाल स्वास्थ्य तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिसिल्ड खोप नेपाल सहित अन्य १६ वटा मुलुकहरूमा पनि प्रयोग भइरहेको छ । खोपको गुण्स्तरीयता, भण्डारण गर्दा अपनाइएको मापदण्ड, उत्पादन क्षमता र न्यून आय भएकाले पनि खरीद गर्न सक्ने मूल्यको आधारमा कोभिसिल्डलाई नेपालमा मान्यता दिइएको उनले बताए ।

जनस्वास्थ्य विज्ञ प्रा. डा. केदार बरालले नेपालले प्रयोग गरेको खोप सुरक्षित रहेको बताएका छन् । ‘खोप लगाउँदा कसै कसैलाई सामान्य असर देखिन्छ भनेकै थियो । कसैलाई पनि जटिल असर भने देखिएन त्यसैले यो खोप लगाउन डराउनु पर्दैन’ उनले भने ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार ००:००