काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको जनाएको छ।
पश्चिमी वायुको प्रभावले प्रदेश १, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रहने जनाएको हो।
महाशाखाका अनुसार देशको अन्य भूभागमा भने मौसम सामान्यतः सफा रहनेछ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया