काठमाडौँ २ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सबैको मुटु छामेको बताएका छन् ।
आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, हामिले सबैको मुटु छामेका छौ समयले सबैको जवाफ दिने छ ।
सरकारले आतिएर झाक्रीलाई छोडेको नेता नेपालको तर्क छ । प्राधनमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै उनले तानाशाह बन्न खोजेको बताएका छन् । भोलि संकटकाल लगाउने लगायतको आशंका रहेको समेत नेता नेपालले आरोप लगाएका छन् ।
प्रतिक्रिया