२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

प्रचण्ड-माधवलाई ओलीले भने ‘आमसभा हेर्न बुटवल आउनुहोस’



काठमाण्डौ १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिलाई स्विकार गर्न नसक्नेहरु पार्टीबाट बाहिरिएको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले प्रचण्ड र माधवलाई प्रधानमन्त्री र अध्यक्ष नपाएको कारण अलग भएको समेत आरोप लगाए । उहाँहरुले एक जनाले अध्यक्ष माग्नु भयो र अर्कोको प्रधानमन्त्री माग्नु भयो तर किन प्रधानमन्त्री भन्दा प्रधानमन्त्री बन्नकै लागि मात्रै भन्ने जवाफ पाएको ओलीले बताए ।

देश र जनताका लागि काम गर्छु भन्दा आफनैबाट अवरोध सिर्जना गरिएको बताए । बुटवलबाट प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समूहलाई भने आमसभा हेर्न बुटवल आउनुहोस । नेकपा विभाजन भएसंगै दुई समूहको जुहारी जारी छ ।

प्रचण्ड माधव समूहले गत २८ गते काठमाण्डौमा गरेको आमसभामा प्रचण्डले ओलीलाई आमसभा कस्तो हुन्छ आजको भसालाई हेर्नु भनेका थिए । ओलीले त्यसको जवाफ बुटवल पुगेर फकाएका हुन ।

प्रकाशित : १ फाल्गुन २०७७, शनिबार ००:००