२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन



काठमाडौँ १ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले शनिबार रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।

सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा भइहेको छ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

कार्यक्रममा जनताको स्वत स्फुर्त उपस्थिति रहेको पोखरेलको भनाई रहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७७, शनिबार ००:००