काठमाडौँ २९ माघ । चितवन, खैरहनी नगरपालिका-१ तरकारी चोकस्थित सडकमा ना.५ ख १७४० नम्बरको बसमा ना.५ प ८७७ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किएर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चितवन कालिका नगरपालिका-५ बस्ने २२ वर्षीय सुरेश चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३१ वर्षीय सुनिल चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया