काठमाडौँ २९ माघ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।
बिहीबार परिसडाँडामा आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा झाँक्रीलाई पक्राउ गरिएको बताएका हुन् ।
हिजैदेखि प्रधानमन्त्री ओलीले जसरी पनि पक्राउ गर्नु भन्ने आदेश दिएको भए पनि आफूहरूले नपक्रन जोडबल गरेको उनले बताए।
पुलिसले हिजै पक्राउ गर्न बल गरेको थियो। हामीले नपक्रन जोड गरेका थियौं। आज बिहान प्रहरी आएर उहाँलाई जबरजस्ती पक्राउ गरेर लिएका छन्।
प्रतिक्रिया