२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Uncategorized

युद्ध र क्रान्तिले चुमे द फेसको अवार्ड


२६ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं २६ माघ । ‘द फेस’ प्रतियोगितामा पुरुष मोडल तर्फ युद्ध बानियाँ र महिला मोडल तर्फ क्रान्ति चन्द उत्कृष्ट भएका छन् । ब्यबसाियक मोडल जन्माउने उदेश्यले आयोजित मोडलिङ सम्बन्धि प्रतियोगिता ललितपुरको झम्सिखेल स्थित अर्बन पार्टी हबमा सम्पन्न भएको हो । ग्रान्ड फिनालेमा आफ्ना २६ जना प्रतिस्पर्धीहरुलाई जितेर युद्ध र क्रान्ति ‘द फेस’ मोडलको उपाधि चुम्न सफल भएका हुन् ।
यस्तै सो प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि कृपा अधिकारी र शितल श्रेष्ठले, सेकेन्ड रनर अपको उपाधि स्विकृति प्याकुरेल र हेमन जोशीले जिते ।

यसै गरी द फेशको अन्य उपाधि तर्फ बेस्ट फेन्ड्ली अवार्ड कृपा अधिकारी र हेमन जोशीले, फोटोजेनिक अवार्ड निर्मला धिताल र नारायण प्याकुरेलले, क्याटवाक अवार्ड क्रान्ति चन्द र सितल श्रेष्ठले, बेस्ट स्किन एन्ड हेयर अवार्ड ब्रबिम श्रेष्ठ र अस्मिता बरालले, बेस्ट फिजिक अवार्ड आशिष गिरी र कृपा अधिकारीले, पब्लिक च्वाईस सँगै बेस्ट फर्सनालिटी अवार्ड युद्ध बानियाँ र सोफिया भण्डारीले, पपुलर च्वाईस अवार्ड सुर्जिना श्रेष्ठ र युद्ध बानियाँले हाँसिल गरे ।

प्रकाशित : २६ माघ २०७७, सोमबार ००:००