२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

भागरथी भट्टको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं ल्याइने


२६ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं २६ माघ । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं ल्याइने भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टमका क्रममा चिकित्सकहरुले निकालेको स्वाबलाई महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ल्याउन लागिएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले अनुसन्धानमा सहयोग पुग्ने विश्वाससहित परीक्षणका लागि सबुद, प्रमाण काठमाडौं पठाउन लागिएको बताएका छन् ।

बैतडी अस्पतालका एक चिकित्सकका अनुसार संकलित स्वाबबाट पहिले ‘सिमेन’ परीक्षण गरिन्छ । यसबाट ‘बलात्कार’मा संलग्नको वीर्य योनीमा प्रवेश गरेको छ र छैन भन्ने थाहा हुन्छ ।

प्रकाशित : २६ माघ २०७७, सोमबार ००:००