२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

आयुष्मानको जोडीको रुपमा नायिका राकुल प्रित सिंहले काम गर्ने


२६ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ २६ माघ ।   बलिउड नायक आयुष्मान खुराना फरक कथामा बनेका चलचित्रमा काम गर्न माहिर छन् । यसैले पनि उनले अभिनय गरेका चलचित्रमा दर्शकको रुची बढ्न थालेको छ । उनका चलचित्रले सय करोड सजिलै पार गर्न थालेका छन् ।

उनै, आयुष्मान चलचित्र ‘डाक्टर जी’मा काम गर्ने तयारीमा छन् । यो चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गर्दैछ । यो चलचित्रमा आयुष्मानको जोडीको रुपमा नायिका राकुल प्रित सिंहले काम गर्ने पक्का भएको छ ।

राकुल र आयुष्मानले पहिलो पटक एकसाथ चलचित्रमा काम गर्न लागेका हुन् । आयुष्मानसँग काम गर्न पाउँदा राकुलले खुशी व्यक्त गरिन् ।

उनले, यो चलचित्रको कथा सुनेदेखि नै आफूलाई चलचित्रसँग प्रेम भएको उल्लेख गरेकी छिन् । चाडै नै चलचित्रको छायांकनमा जोडिने आशा उनले व्यक्त गरेकी छिन् ।

प्रकाशित : २६ माघ २०७७, सोमबार ००:००