१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

यौनजन्य हिंसा नियन्त्रणलाई प्राथमिकता नदिँदा बलात्कारपछि हत्या बढेको जसपाको निष्कर्ष


२५ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २५ माघ । जनता समाजवादी पार्टी जसपा ले सरकारले यौनजन्य हिंसा नियन्त्रणलाई प्राथमिकता नदिँदा बलात्कारपछि हत्याका घटना बढेको निष्कर्ष निकालेको छ ।

पछिल्लो सिलसिला १७ वर्षीया भागरथी भट्टको हत्या भएको जसपाले जनाएको छ ।

‘राज्य शान्ति सुरक्षा प्रत्याभूत गर्न चुकेको, आपराधिक तत्वहरू दण्डहिनताले उत्साहित भएको र सरकारले यौनजन्य हिंसा विरुद्धको पूर्व उपायलाई प्राथमिकतामा नराखेको प्रष्ट गर्दछ’ जसपा सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २५ माघ २०७७, आइतबार ००:००