३० आश्विन २०८१, बुधबार । October 16, 2024

मुख्य खबर

धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ


२५ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २५ माघ । मोरङमा छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा बेलबारी नगरपालिका २ बस्ने २२ वर्षीय अनिल उराउलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

अनिलले सामान्य बिबादका क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय दिनेश दाहालको पेटमा छुरी प्रहार गरी घाइते बनाएका हुन् । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले अनिललाई पक्राउ गरेको हो ।

घाइते दिनेशलाई उपचारको लागि बिराटनगरतर्फ पठाइएको छ । यस्तै ईलाम, छिमेकीको टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चुलाचुली गाउँपालिका २ अर्ना खाडी बस्ने ८३ वर्षीय सरण बहादुर लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लिम्बु र उनकी बुहारी सुनिता लिम्बुबीच घरायसी बिवाद भइरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीया निशा भन्ने फुलमाया परियारले सम्झाई बुझाई गर्ने क्रममा लिम्बुले फुलमायाको टाउकोमा खुकुरी प्रहार गरेका हुन् ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले लिम्बुलाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते फुलमायालाई लाईफ लाईन अस्पताल झापा हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ पठाइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २५ माघ २०७७, आइतबार ००:००