२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

Breaking

कोरोना संक्रमितको सङ्ख्या न्यून हुँदै


२४ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ २४ माघ ।  मकवानपुरमा कोरोना संक्रमितको सङ्ख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारि दिएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या १० मात्र रहेको बताइएको छ ।

मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८७५ मध्ये तीन हजार ८३३ जना कोरोनाको संक्रमणबाट मुक्त भइसकेका छन् । संक्रमित सबै हेटौँडाका रहेको र होम आइसोलेशनमा उपचारतमा बसेको सो कार्यालयले जनाएको छ ।

कारोना संक्रमण शुरु भएको ११ महिनामा मकवानपुरमा हालसम्म कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । साथै एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको बताइएको छ । उक्त कार्यालयका अनुसार यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानको आठौँ दिनसम्ममा एक हजार २१९ जनाले सो खोप लगाएको हो ।

प्रकाशित : २४ माघ २०७७, शनिबार ००:००