काठमाडौँ २३ माघ । जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित सडकमा प्रदेश न २(०३(००१ प १४३८ मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने १८ वर्षीय उज्वल थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त मोटरसाइकल अनियन्त्रित भई ना।४२ प ६३६३ र ना।३४ प ४१३१ नम्बरको २ वटा मोटरसाइकलमा समेत ठक्कर खाई दुर्घटनामा भएको थियो ।
दुर्घटनामा घाइते भएका सोही उपमहानरगपालिका २ बस्ने २२ वर्षीया अनिशा पौडेललाई सोही अस्पताल हुँदै थप उपचारका लागि बयोधा हस्पिटल वीरगंजतर्फ पठाइएको छ भने अन्य ३ जनाको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ ।
प्रतिक्रिया